Homeमनोरञ्जन‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्युटबाट उड्यो

‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत युट्युटबाट उड्यो

‘ए मेरो हजुर ४’ को ट्रेलर र गीत  युट्युवबाट उडेको छ ।

बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट हालिएको ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीतको सम्पुर्ण प्रचार सामाग्री युट्युटबाट उडेपछि निर्माण पक्ष तनावमा छन् । निर्माण पक्षले आज नयाँ गीत सार्वजनिक गर्ने तयारी थियो । त्यसअगाडि नै २ गीत र १ ट्रेलर युट्युबबाट उडेको हो ।

बुढासुब्बाका अनुसार, च्यानल ह्याक गरिएको छ र सामाग्री हटाइएको छ । ट्रेलर र गीत फेरि युट्युबमा आउँछ या आउँदैन भन्न सकिने अवस्था छैन ।

निर्माता सुनिल कुमार थापाले आफूले च्यानल ह्याक भएकाले समस्या आएको जानकारी बुढासुब्बाबाट पाएको बताए । फिल्मको गीत र ट्रेलरले लाखौं भ्युज पाउदै दर्शकको माया पाइरहेको थियो ।

वैशाख १ गतेबाट प्रर्दशनमा आउने उक्त फिल्मलाई झरना थापाले निर्देशन गरेकी छिन भने अनमोल केसी, सुहाना थापा , सलोन बस्नेत लगायत कलाकारको अभिनय छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read