Homeसमाचारचन्द्रागिरी केवल कारमा जब यात्रुहरु झुण्डिएको झुण्डियै भए

चन्द्रागिरी केवल कारमा जब यात्रुहरु झुण्डिएको झुण्डियै भए

काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी केवुलकारमा चढेर यात्रा गरिरहेका कारहरु अचानक कारमै रोकिन पुग्दा निकै समय यात्रु पनि झुण्डिएका कारमै रोकिन पुगे ।

बिजुली बन्द भै कारहरु तारमै रोकिन पुगेको चन्द्रागिरि केबल कारले जनाएको छ । गडबडी उत्पन्न भै आधा घण्टा कारहरु रोकिएको कम्पनीले बताएपनि स्थानीयले करीब ३ घण्टा सेवा रोकिएको भनेका छन् ।

थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमामाण्ड २ जना चिकित्सक र नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो ।

३७ जनालाई रोकिन पुगेका केबलकारहरुबाट फर्काइएको थियो । थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारी दिनुभयो ।

केवुलकारमा सवार ४० जना भन्दा बढी पर्यटकहरु केवुलकार बन्द भए पछी करिव आढा घण्टा केवुलकार भित्रै बस्न परेक कम्पनी व्यविस्थापनले जनाएको छ ।

उनिहरुलाई इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएपछि केही समय केवुलकार संचालनमा आउन नसकेको चन्द्रगिरी हिल्स प्रा. लि . का मेनेजर झलक पौडेलले जानकारी दिनुभयो ।

दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा समस्या भएको भए पनि हाल पुन संचालन भै सकेको बताउनुभयो ।केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेकोमा हाल उनीहरु साँझसम्म सबै फर्किसकेको पौडेलले जानकारी दिनुभयो ।

मर्मतसम्भार समयसमयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read