Homeसमाचारबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बझाङमा बुहारी (भाइकी श्रीमती) लाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।

२२ वर्षीया भाइ–बुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गराएको हो ।

चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उजुरी पश्चात् प्रहरीले आरोपितलाई केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

पीडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले स्वास्थ परीक्षणपछि युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृहको जिम्मा लगाई आरोपीविरुद्ध मुद्दा चलाएको छ ।बझाङमा बुहारी (भाइकी श्रीमती) लाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read