लकडाउन पछिको पछिल्लो समय नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा देखिएको छ । त्यही दबदबा कायाम राख्दै ‘आरआरआर’ क्रेज पनि सुरु भएको छ ।
शुक्रबारबाट रिलिज भएको चलचित्रमा आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ ।
वितरण स्रोतका अनुसार रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।
मुलुकका १५० हलमा रिलिज भएको फिल्मले काठमाडौं, पोखरा, नारायणगढ, बुटवल र नेपालगञ्जजस्ता ठूला सहरमा आक्रामक ओपनिङ गरेको छ । शनिबारको कलेक्सन पहिलो दिनको भन्दा उच्च छ । आइतबार पनि मुख्य मल्टिप्लेक्समा कलेक्सन स्थिर हुने देखिएको छ ।
आरआरआरको कलेक्सनलाई कोरोना महामारी सुरु भएयताकै सर्वाधिक ओपनिङ मान्न सकिन्छ । पर्दा संख्या, अग्रिम टिकट बिक्री र ट्रेन्डको हिसाबले आरआरआर निकै उच्च हो ।
कोरोना महामारीले थलिएको नेपाली बक्स अफिसमा आरआरआरको व्यापार महामारीयताकै सर्वाधिक भएको हल सञ्चालक बताउँछन् । ‘आरआरआरको ओपनिङ बाहुबलीभन्दा २५ प्रतिशतले बढेको बताईन्छ।