Homeसमाचारअब कहिले खुल्छ लाइसेन्स आवेदन ?

अब कहिले खुल्छ लाइसेन्स आवेदन ?

यातायात व्यवस्था विभागले चालक अनुमति पत्र (लाइसेन्स) आवेदन आगामी जेठ १ गतेदेखि मात्रै खुला गर्ने भएको छ। अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि नयाँ आवेदन लिइने विभागले जानकारी दिएको छ।

आवेदन दिनेको चाप अत्याधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चित कालका लागि आवेदन प्रणाली बन्द गरेको थियो। विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको बताएको छ।

विभागका अनुसार परीक्षा कोटा बढाउने तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी विभागको छ। विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको समेत विभागले बताएको छ।

त्यसपछि आवेदन दिएको १५ दिनभित्र ट्रायल दिने व्यवस्था गरिने छ। हाल आवेदन दिएर परीक्षाका लागि वर्षौँ कुर्नुपर्ने बाध्यता छ। कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्याधिक चाप देखिएको छ।

विभिन्न कार्यालयहरूमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झण्डै दुई कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गरेको हो। यो जम्मा भएको चाप सकेर थोरै–थोरै आवेदन लिने र परीक्षा पनि लिइहाल्ने व्यवस्था मिलाउने विभागको योजना छ।

देशभर २३ यातायात कार्यालयहरू छन्। यी कार्यालयहरूमध्ये पनि अध्याधिक चाप काठमाडौं उपत्यकाका कार्यालयहरूमा छ। उपत्यकाका यातायात कार्यालयहरूले दैनिक पाँच सय देखि एकहजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन्।

परीक्षा उत्तीर्ण गरेकाहरूले पनि लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। नवीकरण गर्नेहरू पनि पर्खाइमा छन्। विभागले दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिएको छ।

गत मंसिरमा आएको १४ लाख नयाँ कार्डमा अब साढे दुई लाख छाप्न बाँकी रहेको विभागले बताएको छ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read