Homeसमाचारपल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता, उनी र सहयोगी कृष्णलाई कति बर्षको...

पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता, उनी र सहयोगी कृष्णलाई कति बर्षको जेल सजाय भयो माग ?

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मंगलबार दोस्रो मुद्दा दर्ता भएको छ।

गत फागुन ११ गते नाबालिग किशोरीले उनीबिरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीसहित तनहुँ जिल्ला प्रहरीमा उजुरी गरेकी थिइन्। त्यस्तै तिनै किशोरीले गैँडाकोट प्रहरी कार्यालयमा पनि उनीबिरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीसहित मुद्दा दर्ता गरेकी थिइन्।

पूर्व नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको केही दिनमा तनहुँ जिल्ला अदालतमा पनि मंगलबार अभिनेता शाहबिरुद्ध मुद्दा दर्ता गरिएको हो।

प्रहरीले अनुसन्धान थालेको २१ दिन पछि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो । शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

दर्ता गरिएको अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानून अनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read