Homeमनोरञ्जनसोनम कपुर आमा बन्दै

सोनम कपुर आमा बन्दै

बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् ।

तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै लागि धड्किरहेछ । एक परिवार जसले तपाईंलाई माया र सहयोग दिन्छ । हामी तपाईंको आगमनको प्रतीक्षा गरिरहेका छौं ।’

उनले आफूहरु बच्चाको व्यग्र प्रतीक्षामा रहेको संकेत गरेकी छन् । सामाजिक संजालमा उनले तीन तस्वीरहरु शेयर गरेकी छन्।

बलिउड अभिनेत्री सोनमले चार वर्षअघि आनन्दसँग विवाह गरेकी हुन् । आमा बन्न लागेका खबर बाहिरिएसँगै उनीहरुलाई प्रशंसकहरुले बधाई दिइरहेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read