Homeसमाचारनायिका करिष्मा आज एमाले प्रवेश गर्दै

नायिका करिष्मा आज एमाले प्रवेश गर्दै

नायिका करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीलन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन् । एमालेमा प्रवेश गर्ने निर्णय गर्नुभन्दा केही समय अघिदेखि नै करिश्माले केपी ओलीसँग भेटेकी थिइन्, उनको प्रशंसा गरिरहेकी थिइन्।

करिष्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read