Homeसमाचारनायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप

नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप

चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेपछि अभिनेत्री प्रियंका कार्की प्रहरीको अनुसन्धानमा तानिएकी हुन्।

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो। कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन्।

उनले भनिन , ‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ। त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो’

आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । उनको बयान भइरहेको ब्युरोका एक अधिकृतले जानकारी दिएका छन्। केही समयअघि सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ भन्ने विज्ञापन देखिएको थियो।

नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको जानकारी गराउदै आएको छ। त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी पनि बारम्बार दिईरहेको छ ।

फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read