अभिनेत्री वर्षा सिवाकोटी यतिबेला अमेरिकामा छिन् । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री आफ्ना गतिविधिहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । सामाजिक विषयवस्तुमा होस् या अन्य जनसरोकारका विषयमा किन नहोस् उनी बहसमा सहभागी भइहाल्छिन् ।
यस्तै उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरहरुले दर्शकको ध्यान तानिरहेको हुन्छ । यस्तै पछिल्लो पटक उनले एक तस्बिर सार्वजनिक गरेकी छिन् । शनिबार सार्वजनिक गरेको तस्बिरमा उनी हट एण्ड बोल्ड अवतारमा देखिएकी छन् ।
फ्लोरिडाको सामुद्रिक किनारमा उनले बिकनीमा उनले सुट गरेका तस्बिर फेसबुकबाट सार्वजनिक गरेकी हुन् । शनिबार ‘फ्लोरिडा’ लोकेसनमा शेयर भएको तस्बिरमा उनको आकर्षक फिगरको चर्चा भइरहेको छ ।
फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ । समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् ।