Homeसमाचारकागज किन्ने पैसा नभएपछि वार्षिक परीक्षा स्थगित

कागज किन्ने पैसा नभएपछि वार्षिक परीक्षा स्थगित

श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ ।

परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भइरहेको छ ।

सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेपछि देशभर पसलहरुमा लामो लाइन लागेको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले बुधबार आर्थिक संकट र वैदेशिक ऋणबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई अनुरोध गरेका थिए ।

आईएमएफले राजापाक्षको अनुरोधमाथि छलफल गरिरहेको बताएको छ । वैदेशिक ऋणको जालोमा फसेको श्रीलङ्कामा कोरोना महामारीको कारण चरम आर्थिक संकट देखा परेको हो ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read