Homeमनोरञ्जनप्रकाश सपुतको ‘पिर’ गीत युट्युब च्यानलबाट हटाइयो, गरियो दृश्य सम्पादन

प्रकाश सपुतको ‘पिर’ गीत युट्युब च्यानलबाट हटाइयो, गरियो दृश्य सम्पादन

गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् ।

शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाएर दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका हुन् ।

नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन् । किनकि यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो । यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् ।

दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ । भिडियोमा यसअघि देखिएको पुलमाथि यौनकर्मीको दृश्य पूर्ण रुपमा हटाइएको छ ।

भिडियो:

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read