Homeसमाचारकाठमाडौंको मेयरमा उठ्ने सुनिता डंगोलको घोषणा, को हुन् उनी?

काठमाडौंको मेयरमा उठ्ने सुनिता डंगोलको घोषणा, को हुन् उनी?

सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल सुनिता डंगोल काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेकी छन्।

‘सोसियल साईन्स’मा स्नातकोत्तर गरेकी सुनिता अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्धहुँदै सांस्कृतिक अभियन्ताको रुपमा विश्वभर नेपालको संस्कृतिको प्रर्वद्धन गर्न योगदान पुर्याउँदै आएकी छिन् । सुनिताले आगामी स्थानीय तहको निर्वाचनमा मेयर पदको दाबी गरेकी छिन् ।

उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक जुझारु युवा पनि हुन् । सुनिता लिपी क्वीनको उपनामले समेत चिनिन्छिन् । बहुआयामिक प्रतिभा भएकी सुनिता अहिले विभिन्न कार्यक्रमहरुको संचालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएकी छिन् ।

सुनिताले क्याली जात्रामार्फत विश्वभरका नेपालीलाई भर्चुअल प्रविधिबाट सिकाउँदै लिपीको सम्बद्र्धन गर्दै आएकी छिन् । जापान, कोरिया, जर्मनीलगायत एक दर्जन मुलुकको भ्रमण गरी नेपालको संस्कृृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आएकी सुनिता काठमाडौँ महानगरकी आदिवासी हुन् ।

उनी भन्छिन, ” काठमाडौँ म जन्मिएको सहर हो । म यहिँको माटो जन्मिएँ, हुर्किएँ र धेरै कुरा सिक्ने अवसर पनि यहिँको माटो र परिवेशबाट प्राप्त गरेँ । त्यसैले मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै म जन्मेको सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरुप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ । मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा चाहिन्छ ।”

अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता देखिन्छ र त्यसका लागि युवाहरु नै नेतृत्वमा आउन आवश्यक छ त्यसैले यो मुलुक समृद्ध बनाउने हो भने मुलुकको नेतृत्वको जिम्मा पनि भिजन भएका योग्य र जुझारु यूवालाई नै दिनुपर्दछ भन्ने उनको भनाई छ।

मेयर पदको दाबी गर्दै गर्दा मेरा प्रष्ट भिजन लिएर अघि बढ्न उनीसँग सुन्दर र समृद्ध काठमाडौँ बनाउने भिजन रहेको दावी गर्छिन। आफुले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको र त्यो अनुभव यहाँ पनि लागु गर्न चाहेकाले त्यो भिजनलाई पूरा गर्न हरेक यूवाको साथ लिएर अघि बढ्ने अठोट रहेको जानकारी गराएकी छन्।

उनी भन्छिन , “अनुभवी र विज्ञहरुको टीम बनाएर काठमाडौंलाई पर्यटकीय र सांस्कृतिक सहरको रुपमा विकास गर्नेछु । काठमाडौँ महानगर भनेको मुलुकको राजधानी रहेको नगर हो । यहाँको पूर्वाधार विकाससँगै सुन्दर सहर मुलुकका लागि नमूना हो । त्यसैले यो नगरलाई मुलुककै नमूना सहरका रुपमा विकास गर्न पनि मेयर पदको उम्मेदवारी दिने सोच बनाएकी हुँ ।”

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read