Homeसमाचारपल प्रकरणमा दुर्गेश थापा र सरोजले वलीले दिए यस्तो बयान

पल प्रकरणमा दुर्गेश थापा र सरोजले वलीले दिए यस्तो बयान

अभिनेता पल शाहविरुद्ध नाबालिग बलात्कारको जाहेरी परेसँगै धेरै जनाको नाम पनि जोडिएर आयो। उक्त घटनामा पलका म्यानर कृष्ण संगै दुर्गेश थापा र सरोज वलीको नाम पनि जोडियो।

पलले सरेन्डर गर्नु पूर्व सार्वजनिक गरेको अडियोमा यी दुई जनाले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए । त्यसयता पलका फ्यानले यी नामहरूलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालमा चर्काे आलोचना र साइवर बुलिङ्गको शिकार भएका दुर्गेश र सरोजले पनि आफ्नो बयान दिइसकेका छन् ।

नाबालिग बलात्कारका अभियुक्त पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार दर्ता भएको अभियोग पत्रमा १२ देखि १४ वर्ष सजायको माग गरिएको छ । जाहेरी अनुसार करणी भएको स्थापित भएको दाबी गर्दै सजायको मागदाबी गरिएको हो ।

घटनास्थलको मुचुल्का, पीडितसहित अन्यको बयान, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, अडियो रेकर्ड र प्रतिवादी शाहको बयानका आधारमा भिडियो सुटिङका क्रममा शाहले १५ वर्ष ८ महिनाकी नाबालिकालाई विवाह गर्छु भन्दै फकाएर पीडितको इच्छाविपरीत पटक–पटक करणी गरेको स्थापित हुन आएको अभियोग पत्रको अभियोग खण्डमा उल्लेख छ ।

अभियोग पत्रसँगै घटनासँग जोडिएकाहरूको बयानको महत्वपूर्ण बुँदा सङ्कलन गरिने क्रममा शाहको हकमा पनि १६ पानाको अभियोग पत्रमा पीडित र अभियुक्तको बयान, जाहेरी अगाडि नै घटनाबारे जानकारसँगको बयान र प्राप्त प्रमाणहरू राखिएका छन् ।

नवलपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सरोज र दुर्गेशको बयान पनि समेटिएको छ । उक्त बयानमा उनीहरूले जबरजस्ती करणी र आर्थिक बार्गेनिङलगायतका विषयमा जानकारी नरहेको बताएका छन् ।

दुर्गेशले बयानमा कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) सँग चिनजान भएको बताएका छन् । ‘म काठमाडौँबाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई प्रतिवादी पल तथा पीडितसँग भेट भई ‘तामा पित्तलू गीतको भिडियो सुटिङ सकेर हामीलगायत पीडितसमेतको सुटिङ्ग युनिट बेलुका गैँडाकोट रिसोर्टमा आई दिनभरि सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो ।’

दुर्गेशले बयानमा भनेका छन् । उनले पीडित आफूले बुकिङ गरेको कोठामा सुत्न गएकी र काजीश श्रेष्ठ, पल शाह भन्ने पूर्णविक्रम शाहसमेतका व्यक्तिहरू मादक पदार्थ सेवन गरी वाहिर बसिरहेको बयानमा बताएका छन् ।

निजहरू कुन कोठामा सुते मलाई थाहा भएन । अर्काे दिन ८ गते बिहान म काम विशेषले काठमाडौँ गएको हो’ दुर्गेशले भनेका छन् । आफूलाई पलका म्यानेजर बताउने कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको बारेमा जानकारी गराएको उनको भनाइ छ । पीडितले पनि जबरजस्ती करणी गरेको भनि बताएको हुँदा आफूलगायत सम्राट चौलागाईं, सरोज वली, योगेश काजीलगायतले कानुनी कारबाहीको सुझाव दिएको दुर्गेशले बताएका छन् । ‘अन्य आर्थिक कुराको बार्गेनिङका बारेमा मलाई केही जानकारी भएन,’ उनले बयान दिएका छन् ।

सरोज ओलीले पनि प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा आफूलाई पलका म्यानेजर कृष्ण जोशीले नै बताएको बयानमा जानकारी दिएका छन् । ‘पीडित नाबालिका डिप्रेसनमा गएको र मर्छ भनेर कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए,’ सरोजले भनेका छन् । पीडितले पनि आफूहरूसँग प्रतिवादीले यौन शोषण र ह्यारेसमेन्ट गरेको बताएको सरोजले जानकारी दिएका छन् । आफूहरूले कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको सरोजले जानकारी दिएका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read