प्रेमकथामा आधारित गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ। मेलिना राई र प्रताप दासको आवाजमा रहेको गीत तुलसा ईण्टराटेन्मेण्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
साजन कट्टेलको शब्द रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका हुन् भने संयोजन उदयराज पौडेलको हो। गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमको नृत्य तथा अभिनय रहेको छ। जसको निर्देशन प्रहिल कार्कीले गरेका हुन्। त्यस्तै नृत्य निर्देशन सुरेन्द्र बसेलको रहेको छ।
उत्तम हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन तथा रंग संयोजन माधव बेल्बासेले गरेका हुन्।
भिडियो :