Homeसमाचारलोकसेवा आयोगले माग्यो स्टाफ नर्स, ३०० पदमा आवेदन आह्वान (विज्ञापनसहित)

लोकसेवा आयोगले माग्यो स्टाफ नर्स, ३०० पदमा आवेदन आह्वान (विज्ञापनसहित)

लोक सेवा आयोगले ३०० स्टाफ नर्स स्थायी प्रक्रियाबाट पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ ।

यो पदको खुलामा मात्रै १६५ सिट छुट्याइएको छ भने महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट छन् ।

आवेदन १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले दिनसक्नेछन् । त्यसका लागि चैत २२ सम्मको समय दिइएको छ । दोब्बर दस्तुर तिरेर भने चैत २९ गतेसम्म दिन सकिने लोक सेवा आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read