Homeमनोरञ्जनप्रकाश सपुतको नयाँ गीतले ल्याएको तरंगमा प्रकाश सपुतको यस्तो प्रष्टिकरण

प्रकाश सपुतको नयाँ गीतले ल्याएको तरंगमा प्रकाश सपुतको यस्तो प्रष्टिकरण

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।

शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको ३ दिन नबित्दै ३३ लाखभन्दा बढीले हेरिसकेका छन्।

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।

सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।’

पीरले युद्धकै ज र बलमा व्यवथा परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको प्रकाशको भनाइ छ ।

‘समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको हुँ,’ उनले भनेका छन् । प्रतिकात्मकरुपा राखिएको दृष्यले कसैको आत्मसम्मानमा चोट पुग्न जाने महसुस भएको भन्दै उनले यसमा आत्मालोचना व्यक्त गरेका छन् ।

नेपाल प्रेस

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read