एप्पलले आफ्नो सबैभन्दा सस्तो आइफोनको नयाँ संस्करण सार्वजनिक गरेको छ । आईफ़ोन साथै आइप्याड एयर ट्याबलेट र नयाँ शक्तिशाली डेस्कटप कम्प्युटर पनि एकसाथ सार्वजनिक गरेको छ ।
एक विशेष समारोहमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सबैभन्दा सस्तो आइफोनको रुपमा रहेको आइफोन एस इ २०२२ सार्वजनिक गरेका हुन् ।
आइफोन SE २०२२ फाइभ जीमा एप्पलको सबैभन्दा नयाँ ए १५ प्रोसेसर छ भने ब्याट्री पनि टिकाउ रहेको बताइएको छ ।अनुवंशिक रूपमा परिमार्जित गरिएको सुंगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए ।
बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक्टरहरूले धेरै दिनदेखि उनको स्वास्थ नाजुक बन्दै गइरहेको र अन्तत: ८ र्माचमा उनको मृत्यु भएको बताएका छन् ।
यो आइफोनमा टच आइडी होम बटन र ४.७ इन्चको एलसिडी स्क्रिन रहेको छ । यो फोनमा मुख्य क्यामरा १२ मेगापिक्सेलको छ । एप्पलका अन्य प्रिमियम आइफोन मोडेलहरूमा जस्तो यो फोनको पछाडिको भागमा धेरै क्यामरा छैनन् । एप्पलको तेस्रो पुस्ताको आइफोन एस इ को मूल्य ४२९ अमेरिकी डलर तोकिएको छ र आगामी मार्च १८ देखि बजारमा पठाइनेछ ।
आइप्याड एयर २०२२
एप्पलको सोही समारोहमा आफ्नो मध्यम मूल्यको ट्याबलेटको रुपमा रहेको आइप्याड एयरको नयाँ संस्करण सार्वजनिक गर्यो । एप्पलले लञ्च गरेको आइप्याड एयर २०२२ मा १०.९ इन्चको स्क्रि न तथा पावर बटनमा टच आइडी फिंगरप्रिन्ट स्क्यानर छ ।
यो आइप्याड पुनचक्रण गरिएको आल्मुनियमबाट बनाइएको छ । यसको प्रोसेसर अघिल्लो आइप्याड एयरभन्दा ६० प्रतिशत फास्ट रहनुका साथै आइप्याड प्रो र म्याकबुक एयरमा प्रयोग हुने M1 चिपको प्रयोग गरिएको छ । आइप्याड एयर २०२२ फाइभ जी भर्सनमा पनि उपलब्ध छ । आइप्याडको फ्रन्ट क्यामरामा एप्पलको सेन्टर स्टेज प्रविधि रहेको छ जसले भिडियो कल गर्दा सबै सहभागीहरुलाई फ्रेममा ल्याउँदछ । यो आइप्याडको मूल्य ५९९ डलर तोकिएको छ ।
म्याक स्टुडियो
एप्पलले आफ्नो चिटिक्क परेको तर शक्तिशाली नयाँ डेस्कटप कम्प्युटर अर्थात् म्याक स्टुडियो पनि सार्वजनिक गरेको छ । कम्प्युटर प्रोग्राम डेभलपर्स, भिडियोग्रार्फस, क्रियटिभ प्रोफेसनलहरुलाई लक्षित गर्दै यो डेस्कटप तयार गरिएको हो । एप्पलको यो नयाँ डेस्कटपमा M1 Ultra प्रोसेसरको प्रयोग गरिएको छ । जसले गर्दा यो कम्प्युटर म्याक प्रो भन्दा ६० प्रतिशत फास्ट हुन्छ । यो डेस्कटपले २५६ जिबीको युनिफाइड मेमोरी सपोर्ट गर्नुका साथै यसमा ६ वटा थन्डरबोल्ट ४ वा युएसबी फोर पोर्ट, दुईवटा पुरानै युएसबी पोर्ट र एउटा एचडिएमआइ पोर्ट रहेका छन् ।
यो डेस्कटपमा मिल्ने गरी एप्पलले २७ इन्चको नयाँ फाइभ के मनिटर पनि सार्वजनिक गरेको छ । स्टुडियो डिस्प्ले नामक उक्त मनिटर पनि पुनचक्रण गरिएको आल्मुनियमबाट बनाइएको छ । यसमा आइफोनमा प्रयोग हुने गरेको A13 चिपको प्रयोग गरिएको छ । साथै यसमा १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामरा, भिडियो कलका लागि ३ वटा माइक र ६ वटा स्पिकर छन् । १८ मार्चदेखि बजारमा पठाइने म्याक स्टुडियोको मूल्य १९ सय ९९ डलर तोकिएको छ भने म्याक स्टुडियो डिस्प्लेको मूल्य १५९९ डलर तोकिएको छ ।
बेन्नेटलाई शल्यक्रियाअघि नै निकै खतरा रहेको र शल्यक्रियाको प्रक्रिया ‘अँध्यारोमा निशाना लगाउनु’जस्तै भएको बताइएको छ । बेन्नेट बाँच्ने सम्भावना नभएको देखिएपछि अमेरिकाको चिकित्सा नियमन निकायले युनिभर्सिटी अफ म्यारिल्यान्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई सुंगुरको मुटु प्रत्यारोपणका लागि विशेष अनुमति प्रदान गरेको थियो । मुटु प्रत्यारोपण गरिनुअघि पनि ६ सातासम्म निकै थला परेका उनलाई मेसिनको सहयोगले बचाएर राखिएको थियो ।
७ जनवरीमा उनको मुटु प्रत्यारोपण कार्य सफल भएको थियो । डाक्टरहरूले केही सातापछि उनले परिवारसँग दिन बिताएको, सुपर बाउल हेरेको र घरमा गएर आफ्नो कुकुर ‘लकी’सँग भेट्ने इच्छा व्यक्त गरेको बताएका छन् ।
एजेन्सी