Homeसमाचार‘सुसाइट नोट’ लेखेर एकै परिवारका पाँचजनाले गरे विष सेवन, एकको मृत्यु

‘सुसाइट नोट’ लेखेर एकै परिवारका पाँचजनाले गरे विष सेवन, एकको मृत्यु

काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

गत सोमबार एकै परिवारका ५ सदस्यले विष सेवन गरि बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्‍याएको थियो । एक जनाको सोमबार राति नै मृत्यु भएको थियो। उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो।

६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान प्रधान, बुहारी ३५ वर्षीया इन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भिर रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकमा मात्र रामकोटमा डेरा सरेका थिए। उनीहरु डा.उद्धव पुरीको घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार घटनास्थलमा सल्फस लगायत किटनाशक औषधीका बट्टा भेटिएका छन् ।

घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ। आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको स्रोतले जानकारी दियो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read