Homeमनोरञ्जनको हुन् पूजाका प्रेमी?

को हुन् पूजाका प्रेमी?

अभिनेत्री पूजा शर्माले आफ्ना प्रेमी सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत युद्ध बानियाँसँगको तस्बिर सेयर गर्दै उनले आफ्नो प्रेम सम्बन्ध खुलाएकी हुन्।

करिब एक वर्षदेखि पूजा युद्धसँग प्रेम सम्बन्धमा रहेको जानकारहरू बताउँछन्। उनीहरूले अब विवाह पनि गर्ने योजना बनाएको निकट स्रोतले जानकारी दिएको छ। कोरोनाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो । अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।

हेटौंडाका युद्ध बानियाँ निर्माण व्यवसायी हुन्। फिटनेसमा रुचि राख्ने बानियाँ कहिलेकाहीँ मोडलिङमा पनि देखिन्छन्। फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ उनको ।

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् ।

तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

युद्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । तर, पुजाले स्वीकारेकी थिइनन् । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् । अन्ततः फ्यानहरुको कौतिहल उनले मेटाइदिएकी छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read