Homeमनोरञ्जनपूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी

पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी

अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँगको प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्।

उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले फेसबुकमा लेखेकी छिन्।

एक वर्षदेखि पूजा र युद्धबिच प्रेमसम्बन्धमा रहेको चर्चा चल्दै आएको छ। केही दिनअघि मात्रै पूजाले एक अन्तर्वार्तामा घरबाट बिहेको कुरा चलिरहेको र आफूहरु एकअर्कालाई चिन्दै गरेको बताएकी थिइन। तर औपचारिक रुपमा भने पूजाले पहिलोपटक नै सार्वजनिक गरेकी हुन्।

यसअघि पूजाको नाम आकाश श्रेष्ठसँग पनि जोडिएको थियो। तर पूजाले भने आफूहरु सँगै काम गर्ने र मिल्ने साथी मात्रै रहेको बताएकी थिइन्।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read