Homeसमाचारपूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भेटिए त्रिसरा लाउन्जमा

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भेटिए त्रिसरा लाउन्जमा

शुक्रबार रातको १० बजेको थियो। लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा रात्रिकालीन जीवनका पारखीहरू विभिन्न परिकार र पेयको साथमा रमाइरहेका थिए। कोही मदिरा, कोही कोल्ड ड्रिंक्स, कोही हुक्का यस्तै यस्तैका साथमा झुमिरहेका थिए।

‘लाइभ म्युजिक’मा ग्राहकको भीड झुमिरहेको बेला लाउन्जको ‘डिस्प्ले’मा एउटा फोटोसहितको ‘टेक्स्ट’ देखियो। नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेस्टुरेन्टको ‘डिस्प्ले’मा पूर्वराजा ज्ञानेन्द्र शाहको हँसिलो चेहरासहितको फोटोमा ‘वेलकम ज्ञानेन्द्र शाह’ देखिएपछि दर्शकहरूको ध्यान मोडियो क्लबको मूल ढोकातर्फ। रेस्टुरेन्टको माहौल नै बेग्लै बन्यो।

विभिन्न परिकारको स्वादमा रम्दै र गीतमा झुम्दै गरेका दर्शकहरू चिच्याउन थाले, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ।’ राजतन्त्रको पक्षमा नारा घन्किदा भीडतर्फ हेरेर मुसुमुसु हाँस्दै माथि उक्लिए। पूर्वराजा ज्ञानेन्द्रसहित परिवारका सदस्यहरूलाई लाउन्जका कर्मचारीहरूले भिभिआइपी टेबलतर्फ लगे।

नाराबाजी रोकिएको थिएन। तलबाट दर्शकहरूले हात हल्लाउँदै हुटिङ गरिरहेका थिए। जवाफमा ज्ञानेन्द्रले माथिबाट हात जोडेर सबैलाई एकमुष्ट नमस्कार फर्काए। रात्रिकालीन जीवनका पारखीहरू ज्ञानेन्द्रसँग पुगेपछि उनीसँग फोटो खिच्न झुम्मिए। त्यहाँ उनी करिब सवा १ घण्टा लाइभ म्युजिक सुनेर बसेका थिए।

रेस्टुरेन्टले आफ्नो फेसबुक पेजमामा पूर्वराजा ज्ञानेन्द्र उनको परिवार रेस्टुरेन्टमा सहभागी भएका केही फोटो र भिडियो राखेको छ। शाहसँगै पूर्वराजा शाहले रेस्टुरेन्टमा मदिरा पिएको फोटो भने देखिँदैन। यसअघि उनले त्यही रेस्टुरेन्टमा बियर पिएको फोटो सार्वजनिक भएको थियो।

रात्रिकालीन जीवनका पारखी ज्ञानेन्द्र समय समयमा लाइभ म्युजिक र नाइटक्लब गइरहन्छन्। कहिले त्रिसरा त कहिले एलओडीमा जाँदै आएका छन्। त्रिसराका सञ्चालक सुभोनवीर मालाकार भन्छन्, ‘‘समय–समयमा उहाँको सवारी भइरहन्छ। कोभिड–१९ महामारी पछि भने यो उहाँको पहिलो पटक हो।’’

ज्ञानेन्द्रको फोटो भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले ‘जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने राजा’ भन्दै लेखेका छन्। पूर्वराजा ज्ञानेन्द्र रात्रिकालीन क्लबहरू वा रेस्टुराँमा गएको विषयमा सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै कोणबाट चर्चा भइरहेको छ।

ज्ञानेन्द्र यसअघि दरबारमागस्थित एलओडी क्लबमा नाचेको भिडियो सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘गणतन्त्र खतरामा परेको’ अभिव्यक्ति दिएका थिए। प्रचण्डको सो अभिव्यक्तिको आलोचना भएको थियो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read