नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् ।
ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो शतक प्रहार गरे । भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।
यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् । सन् २०२१ मा नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजबाट डेब्यु गरेका कुशलले ८ खेल खेल्दा नै यो उपलब्धि हासिल गरेका हुन् ।
कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । पूर्व कप्तान पारसले पनि एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।
नेपालले आइसिसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट ग्लोबल क्वालिफायर छनौट अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
कुशल भुर्तोलको करिअरकै पहिलो शतकको मद्दतमा नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो।
नेपालका लागि अविजित रहेका कुशलले १०४ रन बनाए। उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे। यता, मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ८३ रनको आक्रमक इनिङ्स खेले। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको कीर्तिमानी साझेदारी गरे। यसअघि पारस खड्का र आरिफ शेख १४५ रनको कीर्तिमान साझेदारी गरेका थिए। जसलाई कुशल र दीपेन्द्रले तोडेका छन्।
पारस र आरिफले सन् २०१९ मा सिंगापुरविरुद्धको खेलमा दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए। यता, कुशल मल्लले १० बलमा २ चौकासहित १२ रन बनाए।