Homeसमाचारएमसीसीको विरोधमा बानेश्‍वरमा राँके जुलुस

एमसीसीको विरोधमा बानेश्‍वरमा राँके जुलुस

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा बिहीबार साँझ बानेश्‍वरमा राँके जुलुस निकालिएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य साना वाम घटक सम्बद्ध युवाहरुले बिहीबार साँझ बानेश्वरमा राँके जुलुस निकालेका हुन्।

करिब सय युवाहरुको सहभागितामा राँके जुलुस निकालिएपछि प्रहरीले रोक्‍न खोजेको थियो। राँके जुलुस निकाल्‍ने युवाहरुका कारण केही समय सडक अवरुद्ध भएको थियो।

सरकारले एमसीसीलाई अन्तिम टुंगो लगाउने तयारी गरिरहेको समयमा सत्तामा रहेका दलहरुले नै आफ्ना भातृ संगठनमा रहेका युवाहरुलाई सडकमा उतारेका हुन्।

एमसीसीको विरोधमा कम्युनिस्ट पार्टीहरुले बुधबार नेपाल बन्दको घोषणा गरेको थियो। नेपाल बन्दको घोषणासँगै बानेश्वर क्षेत्रमा एमसीसी विरोधीहरु उग्र बन्दै प्रहरीसँग झडप गरेका थिए।

नेपाल समयबाट साभार

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read