Homeसमाचारनिर्वाचन आयोगमा थपिए यी ३ दल, दलको संख्या १०६ पुग्यो

निर्वाचन आयोगमा थपिए यी ३ दल, दलको संख्या १०६ पुग्यो

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप ३ दल दर्ता भएका छन् । योसँगै आयोगमा दर्ता भएको दलको संख्या १०६ पुगेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको जानकारी दिए ।

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । दल दर्ताका लागि फागुन १५ गतेसम्मको समय तोकिएको छ ।

आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी पालिकास्तरमा कार्यरत कर्मचारीलाई सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने व्यवस्था गरेको छ ।

वक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको बताए । त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेसन पनि आयोगबाट स्वीकृत भएको उनले जानकारी दिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read