Homeफिल्मबलिउड६९ वर्षीको उमेरमा बप्पी लहरीको निधनको कारण के थियो ?

६९ वर्षीको उमेरमा बप्पी लहरीको निधनको कारण के थियो ?

संगीत निर्देशक बप्पी लहरीको निधन भएको छ। ६९ वर्षीको उमेरमा बप्पीको मंगलबार राति ११ बजे मुम्बईको क्रिटी केयर अस्पतालमा निधन भएको हो।

लहरीले सन् १९७०-८० को दशकका थुप्रै फिल्ममा डिस्को थिमका चर्चित गीत दिएका थिए। चलते चलते, डिस्को डान्सर, शराबी लगायत जस्ता चलचित्रमा दिएका लोकप्रिय गीतका कारण उनले ख्याती कमाएका थिए। उनको अन्तिम हिन्दी गीत सन् २०२० मा आएको फिल्म बाघी ३ को ‘एक आँखे मारुँ तो पर्दा हट जाए…’ थियो।

बप्पीको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो। उनको वास्तविक नाम आलोकेश बप्पी लहरी भए पनि उनले फिल्म क्षेत्रमा आफूलाई बप्पी लहरीका नामले चिनाएका थिए।

आफ्नो फरक शैलीका कारण उनले बलिउडमा छुट्टै पहिचान बनाएका थिए। भारतको पहिलो रकस्टार गायकका रूपमा पनि चिनिएका बप्पीले आफ्नो करियरका दौरान थुप्रै हिट गीत दिएका छन्। उनले ६ सय ५० भन्दा बढी गीतमा संगीत दिएका छन्।

बप्पीका बुवाआमा अपरेश लहरी र बन्सरी लहरी शास्त्रीय संगीतकार एवं बंगाली भाषाका प्रसिद्ध गायक थिए। भनिन्छ बुवाआमाको पाइला पछ्याउँदै उनले तीन वर्षको उमेरदेखि नै तबला बजाउन थालेका थिए। शास्त्रीय संगीतका समेत राम्रो ज्ञाता बप्पीले फिल्मी जगतमा आफूलाई स्थापित भने डिस्को थिमका गीतबाट गरेका थिए।

अब बप्पी लहरी पनि यस दुनियाँबाट बिदा भइसकेका छन् । बप्पी लहरी मुम्बईको क्रिटिकेयर अस्पतालमा भर्ना भएका थिए । जसरी बप्पीको निधनको खबर प्राप्त भयो यो कसैलाई एकिन नै हुन सकेन । जो कोही पनि यो खबर गलत होस् भन्न थालेका छन् । तर, बप्पीको निधन पुष्टि भएपछि फिल्म इन्डस्ट्रिदेखि फ्यानमा सन्नाटा छाएको छ ।

क्रिटिकेयर हस्पिटलका निर्देशक डा दीपक नामजोशीले पीटीआईलाई बप्पी लहरीलाई के कुराको अप्ठेरो थियो र के कारणले निधन भएको थियो भन्ने बताएका छन् । डाक्टरले भने,‘बप्पी लहरी अस्पतालमा एक महिनादेखि भर्ना भएका थिए । उनलाई सोमबार डिसचार्ज गरिएको थियो ।

तर मंगलबार उनको अवस्था बिग्रिएको थियो । बप्पिको परिवारले डाक्टरलाई घरमै बोलाए । बप्पीलाई तुरुन्त अस्पताल लगियो । डाक्टरका अनुसार बप्पीको स्वास्थ्य सम्बन्धि धेरै समस्या थियो । उनको निधन ओएसए (अब्सट्रक्टिभ स्लीप अपनिया) का कारण भएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read