Homeखेलकुदओमानविरुद्ध नेपालले टस जितेर फ़िल्डिङ्ग गर्दै, लाईभ हेर्ने यस्ता छन् तरिका

ओमानविरुद्ध नेपालले टस जितेर फ़िल्डिङ्ग गर्दै, लाईभ हेर्ने यस्ता छन् तरिका

यही फेब्रुअरी ११ देखि ओमानमा हुने नेपाल सहभागी चारदेशीय टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ ।

प्रतियोगिता प्रत्यक्ष प्रसारण नेपालमा हिमालय एचडी टेलिभिजनबाहेक, युट्युबमा ओएसआर स्पोर्टस र दराज एपमार्फत हेर्न सकिने छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले उक्त सिरिज खेल्दैछ । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ ।

यस्तै, दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । यस सिरिजलाई टी-२० विश्वकप क्वालिफायरको अभ्यास खेलको रूपमा लिइएको छ । विश्वकप क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमानविरुद्ध खेल्नेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले १९ फेब्रुअरीमा फिलिपिन्सको सामना गर्नेछ ।

तेस्रो खेलमा नेपालले २१ फेब्रुअरीमा क्यानडाविरुद्ध खेल्ने तालिका छ । यो समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा जानेछन् । समूह ‘बी’ मा आयरल्याण्ड, यूएई, बहराइन र जर्मनी रहेका छन् । यो ग्रुपबाट पनि दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

२२ फेब्रुअरीमा हुने सेमिफाइनलबाट फाइनलमा पुग्ने २ टोली यही वर्षको अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । सन् २०१४ यता नेपालले विश्वकप खेल्न पाएको छैन । यसपालि टिम नयाँ जोसका साथ दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्य बोकेर ओमान उडेको छ ।

चार देशीय सिरिजअन्तर्गत ओमानसँगको पहिलो टी–२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र ओमानबीचको खेल अल अमरेत क्रिकेट मैदानमा ३ः४५ बजेबाट सुरु भैसकेको छ । नेपाली टिमको कप्तानी सन्दीप लामिछानेले गर्दै छन् ।

नेपालको प्लेइङ-११ : आसिफ शेख, प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), विवेक यादव र सागर ढकाल ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read