Homeजानकारीयस्तो छ एसइई तालिका, कुन दिन कुन विषय ?

यस्तो छ एसइई तालिका, कुन दिन कुन विषय ?

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उनले जानकारी दिए। यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ।

बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका पनि सार्वजनिक गरिसकेको छ । ११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अग्रेजी र अन्तिममा प्राविधिक विषयको परीक्षा हुने छ ।

परिक्षा संचालन समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

यस्तो छ तालिका:

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read