सरकारले गाजामाथि लगाइएको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने तयारी गरेको छ ।
गृह मन्त्रालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने योजना रहेको बताएप्रायोजनकाका हुन् ।
उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । ‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने, ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो ।’
गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारेका छन् ।
औषधि व्यवस्था ऐन २०३३ मा औषधी प्रयोजनका लागि गाजा प्रयोग गर्न पाइने उल्लेख छ । औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् ।
गाजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् ।