Homeसमाचारपत्याउनुहुन्छ ? लता मंगेशकरलाई विष दिएर मार्न रचिएको थियो षड्यन्त्र

पत्याउनुहुन्छ ? लता मंगेशकरलाई विष दिएर मार्न रचिएको थियो षड्यन्त्र

सन् १९६२ मा लता मंगेशकरलाई विष खुवाएर मार्ने षड्यन्त्र रचिएको भारतीय पत्रिका दैनिक जागरणले खबर दिएको छ ।

त्यतिखेरसम्म लता आफ्नो गायनमार्फत प्रख्यात भइसकेकी थिइन् । उनकै गीतका कारण फिल्महरू हिट हुन थालेका थिए । अचानक उनी गम्भीर बिरामी भइन् र लामै समय थलिइन् । उनको आत्मविश्वास समेत तोडिन थालेको थियो र अब कहिले पनि गाउन सक्दिनँ कि भन्ने सोच पनि उनलाई आउन थालेको थियो ।

एक दिन बिहानै उनको पेट एकदमै दुख्यो । उनी ओछ्यानबाट उठ्न समेत सकिनन् । उनलाई तारन्तार बान्ता पनि आउन थाल्यो । तत्कालै उनका पारिवारिक चिकित्सक बोलाइयो । चिकित्सकले जाँचेपछि लतालाई पेटको एक्सरे गर्नुपर्ने बताए । उनी एक्सरेका लागि अस्पताल जान सक्ने स्थितिमा पनि थिइनन् ।

त्यसपछि उनको घरमै एक्सरे मशिन ल्याइयो । एक्सरे पनि गरियो अनि उनको बान्ता पनि जाँचियो । त्यो दुवै हेर्दा लतालाई मन्दविष लामो समयदेखि दिइरहेको थाहा भयो । नसरीन मुन्नी कबीरसँगको अन्तर्वार्तामा लताले यसको रहस्योद्घाटन गरेकी हुन् ।

लताकी बहिनी ऊषालाई विषको बारेमा थाहा भएपछि उनी सिधै भान्सा पुगिन् । भान्सेलाई उनले अब तिम्रो काम छैन, दिदीलाई म आफैं खाना बनाएर खुवाउँछु भनिन् ।

त्यो सुनेपछि भान्से कसैलाई केही नभनी घरबाट सुटुक्क भाग्यो । उसले आफ्नो बाँकी तलब समेत मागेन । परिवारका मानिसलाई कहिले कसको सिफारिशमा भान्से राखेको पनि याद थिएन ।

लता यसपछि तीन महिनासम्म बिरामी भइन् । चिकित्सकले उनलाई घरैमा आराम गर्न र गीत नगाउन सल्लाह दिए । गीत गाउन नपाएर लतालाई निकै छटपटी भएको थियो ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read