Homeसमाचारजोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस, फागुन १ देखि विद्यालय खुल्ने

जोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस, फागुन १ देखि विद्यालय खुल्ने

काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ।

कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो।

साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए।

रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read