Homeसमाचारडुंगरपुरका राजासँग थियो लता मंगेशकरको विशेष सम्बन्ध, यसकारण हुन सकेन विवाह

डुंगरपुरका राजासँग थियो लता मंगेशकरको विशेष सम्बन्ध, यसकारण हुन सकेन विवाह

भारतकी सर्वाधिक सफल गायिका लता मंगेशकरको ९२ वर्ष उमेरमा निधन भएको छ । लताले विवाह गरेकी थिइनन् । उनको प्रेम सम्बन्ध डुंगरपुरका राजा राज सिंहसँग थियो । तर प्रेम विवाहमा परिणत हुन सकेन ।

ती महाराज लताका भाइ हृदयनाथ मंगेशकरका साथी थिए । राज सिंहले राजपरिवारबाहिरको युवतीसँग विवाह नगर्ने भनी आफ्ना मातापितासँग वाचा गरेका थिए । आजीवन उनले त्यो वाचा निभाएकाले लतालाई विवाह गरेर भित्र्याउन पाएनन् । उनले पनि जिन्दगीभरि विवाह गरेनन् ।

अनि लताले घर सम्हाल्ने जिम्मेवारी लिएकाले पनि विवाह गर्न पाइनन् ।

राज लताभन्दा ६ वर्ष जेठा थिए । प्रेमपूर्वक उनी लतालाई मिट्ठु भनी बोलाउँथे । उनको खल्तीमा जहिले पनि एउटा टेप रेकर्डर हुन्थ्यो । त्यसमा लताले गाएका गीतहरू हुन्थे ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read