Homeजानकारीकोरोनाका कारण बिर्सने समस्या बढ्यो : स्मरण शक्ति बढाउन यस्ता छन् विज्ञका...

कोरोनाका कारण बिर्सने समस्या बढ्यो : स्मरण शक्ति बढाउन यस्ता छन् विज्ञका टिप्स

पछिल्लो दुई वर्षमा कोरोनाभाइरस महामारीले हामी सबैको स्मरण शक्तिलाई कमजोर बनाएको छ । कोरोना भाईरसले शारीरिक रुपमा त् दुख दियो नै त्यो संगसंगै मानसिक रुपमा पनि यसले असर देखाईरहेको छ। जसका कारण मानिसले महत्त्वपूर्ण कामहरु बिर्सने समस्या बढ्दै गएको विज्ञ बताउँछन् ।

बेलायतको केन्ट युनिभर्सिटीका मनोविज्ञानका वरिष्ठ प्राध्यापक अमिर हुमायुन जावादीले भने, ‘ मानिसले जीवन बिताउने परिस्थितिलाई अनुकूल बनाउने बानी रहेको छ । कोरोनाका कारण मानिसहरूले पछिल्ला दुई वर्षदेखि जीवनमा धेरै योजना बनाएका छैनन् । त्यसकारण मानिसहरुको स्मरण शक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा नकारात्मक असर पारेको छ ।’

क्यालिफोर्निया विश्वविद्यालयका न्यूरोबायोलोजीका प्रोफेसर माइकल यासाले भने, ‘मेमोरी भनेको तस्बिर खिचेर सम्झनु मात्र होइन। मेमोरी एक पल जिएपछि बन्छ । कोरोना महामारीले गर्दा मानिसहरुलाई मेमोरी बनाउन निकै गाह्रो भएको छ । त्यसैले उनीहरुलाई कुनै पनि कुरा याद नगर्ने बानी परेको छ ।’

भाइरस वा महामारी चिन्ताको कारणले स्मरणशक्ति बढाउनको लागि होस् या हाम्रो जीवनशैली परिवर्तनले हामीलाई हाम्रो दिमाग निको पार्न मद्दत गर्न सक्छ। स्मरणशक्ति राम्रो बनाउन विज्ञले यी टिप्स अपनाउन भनेका छन् :

१. समयमै सुत्नुहोस्
२. दैनिक कम्तिमा २० मिनेट व्यायाम गर्नुहोस्
३. पौष्टिक आहार खानुहोस्
४. मानिसहरूसँग अन्तरक्रिया–कुराकानी गर्नुहोस्
५. हरेक दिन केहि नयाँ सिक्ने प्रयास गर्नुहोस्

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read