Homeअर्थजाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिनमै ४३ लाख ९८ हजार बढि कित्ताका...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिनमै ४३ लाख ९८ हजार बढि कित्ताका लागि आवेदन, कसरि दिने आवेदन?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसो २:४५ बजेसम्ममा ३ लाख ५५ हजार ५६९ जना आवेदकहरूले ४३ लाख ९८ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनको संख्या सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा ९.०१ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read