Homeसमाचारप्यूठानमा जन्ति बोकेको जिप दुर्घटनाः ८ जनाको मृत्यु ५ घाईते (नामावली सहित)

प्यूठानमा जन्ति बोकेको जिप दुर्घटनाः ८ जनाको मृत्यु ५ घाईते (नामावली सहित)

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौंमुखी गाउँपालिका ६ लिवाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलमै ६ जना र उपचारको लागि विजुवार अस्पताल ल्याउदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयो ।

घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका एकै परिवारका ३ जना बसन्त खड्का, बसन्ता खड्का र एलीसा खड्काको मृत्यु भएको छ । त्यसैगरी केशरी खड्का, बल बहादुर बुढामगर, नन्दी खड्काको मृत्यु भएको हो । बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको हो । घटमा मृत्यु भएकी एक जना महिलाको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते दुलही रिमा जि.सी, साबित्रा जिसी, हरी बुढामगर, दान बहादुर खड्का, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर एक जनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।

शुक्रबार राती ३ बजे तिर लुङबाट लिबाङ फर्कदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । स्थानीय प्रहरी घटनास्थलमा पुगीसकेको छ । जिप सडक देखि १ सय ५० मिटर तल खोल्सामा खसेको स्थानीयले बताएका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read