प्यूठानमा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ।
नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ फर्कदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।
ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ५ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जीपमा कूल १३ जना सवार रहेको थिए ।
जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको हो । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे ।
सदरमुकामभन्दा टाढा भएकोले दुर्घटनाको थप विवरण आउन बाँकी छ ।