Homeस्वास्थ्यआज विश्व क्यान्सर दिवस : यी हुन् क्यान्सका मुख्य कारक तत्व

आज विश्व क्यान्सर दिवस : यी हुन् क्यान्सका मुख्य कारक तत्व

हरेक बर्ष फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस मनाईञ्छ। आज पनि फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस ‘क्लोज द केयर ग्याप’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती, क्यान्सरको पहुँच बढाऔं स्याहारको’ नारा तय गरेको छ । क्यान्सर विश्वभर हुने मृत्युका प्रमुख ५ मध्ये एक कारण पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा विश्वभर लगभग २ करोड मानिसमा क्यान्सर देखिएको छ भने क्यान्सरकै कारण १ करोडको मृत्यु भएको छ । नेपाल सरकारले क्यान्सर रोगको रोकथाम र उपचारमा पहुँच बढाउन सम्बन्धित निकायहरुमा प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ ।

कसरी हुन्छ क्यान्सर ?
शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । यस्ता ट्युमर दुई प्रकारका हुन्छन्: घातक र नम्र प्रवृत्तिका । घातक प्रवृतिका ट्युमर शरीरमा अस्वभाविक रुपमा वृद्धि हुन्छ र यो ट्युमर शरीरको जुन भागमा आएको हो त्यहाँबाट अन्य भागमा फैलिँदै जान्छ । यही घातक ट्युमरलाई क्यान्सर भनिन्छ । त्यस्तै नम्र प्रवृतिको ट्युमरले सामान्यतः हानी गर्दैन र यो शरीरका अन्य भागमा फैलिँदैन जान्छ ।

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ। नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ।

फोक्सोमा क्यान्सर हुने प्रमुख कारण धूमपान रहेको चिकित्सकले बताएका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाका अनुसार झन्डै ९० प्रतिशतलाई धूमपानका कारण क्यान्सर हुने गर्दछ।

यी हुन् क्यान्सरका कारक तत्वहरु
धुमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन , जीवाणु तथा बिषाणुका कारण, वंशाणुगत कारण, विकिरणको प्रभाव, अस्वस्थकर आहार , वातावरणीय प्रदूषण आदि

कसरी बच्ने ?
धुमपान, मद्यपान तथा कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित भोजन गर्ने, शरीरिक व्यायाम नियमित गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read