Homeसमाचारयस्तो छ आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात

यस्तो छ आजको मौसम : कतै वर्षा, कतै असिना र हिमपात

हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ । आज बिहानैदेखि देशभर सामान्य तथा पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूए–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । गएराति पनि धेरै स्थानमा हिमपात भएको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ तथा असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read