चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । एक दशकभन्दा अघि अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो ।
यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु पन्तको सांगीतिक करिअरमा यो गजलले थप उचाइ नै दियो ।
बिपिन किरणको शब्द तथा महेश खड्काको संगीतमा तयार भएको उक्त चर्चित गजल फेरी नयाँ भर्सनमा सुन्न पाईने भएको छ। सोही चर्चित गजल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो ।
बिपिन किरणको ‘किरण क्रियसन’ नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।
भिडियो यस्तो छ :