Homeमनोरञ्जन‘ब्लाइण्ड डेट’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने

‘ब्लाइण्ड डेट’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने

पहिलो सिजनमा युट्युबमा निक्कै चर्चा पाएको रियालिटी शो ‘ब्लाइण्ड डेट’को दोस्रो सिजन अब हिमालय टेलिभिजनमा प्रसारण हुने पक्कापक्की भएको छ ।

हिमालय टीभी र उक्त शोका निर्देशक रोशन दाहालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो शो चैत अन्तिम साता वा वैशाखको पहिलो साताबाट हिमालय टीभीमा प्रसारण हुने शोका निर्देशकले जानकारी गराएका छन् ।

शोका निर्देशक दाहालले आफुले पहिलो सिजनमा टीभीमा पनि प्रसारण गर्ने विषयमा नसोचेको बताए। तर दर्शकको माया तथा युट्युब अनि सामाजिक संजालाहरुमा अत्यधिक चर्चा पाएपछि धेरै टीभीबाट पहिलो सिजनाकै बाकी केहि भागहरुका लागि पनि टेलिभिजनबाट प्रसारणका लागी अफर आएको जानाकारी गराए । जसका कारण हाल दोस्रो सिजन प्रसारणका लागि हिमालय टेलिभिजनसंग सम्झौता भयो।

उनले दोस्रो सिजनमा ‘ब्लाइण्ड डेट’को प्रस्तुति परिवर्तन हुने बताए । ‘हामीले विवादित प्रस्तुतिहरुलाई त निरन्तरता नै दिन्छौं,’ उनले भने । दाहालका अनुसार यो शोको छायांकन प्रसारण हुनुभन्दा एक साता अगाडि मात्र गरिनेछ । शो छायांकन गर्दै प्रसारण हुने भएकाले पनि अहिले नै हतार नभएको उनले बताए ।

हिमालय टीभी नै रोज्नुको विषयमा उनले भने, ‘हिमालय टीभी रियालिटी शोका लागि नम्बर १ छ । यसैले हामीले अन्य टीभीबाट अझै आकर्षक रकम पाएपनि हिमालय टीभी नै रोजेका हौं ।’

हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल, द भ्वाइस किड्स, डान्सिङ विथ द स्टार्स नेपाल, इन्द्रेणी, सक्किगो नि’ लगायतका चर्चित कार्यक्रम प्रसारण गर्दै आएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read