Homeसमाचारइमर्जिङ नेपालको आईपीओ निष्कासन मिति तय

इमर्जिङ नेपालको आईपीओ निष्कासन मिति तय

इमर्जिङ नेपाल लिमिटेडले आगामी २६ माघदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति साधारण सेयर एक सय रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अथाएत् २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । कम्पनीको आईपीओ निष्कासन माघ २६ गते भइ छिटोमा फागनु १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read