Homeअर्थफेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

समायोजित मूल्य अनुसार अब पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढेर १४२ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेको छ। समायोजित मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको ।

त्यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले बृद्धि गरेर एक हजार ९५ कायम भएको छ। एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।

यसअघि निगमले माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read