Homeअनौठो कुराजनसंख्या वृद्धि गर्न चीनमा दम्पतीलाई लोभ्याउने अफर, तेश्रो बच्चा जन्माउनेलाई ९० हजार...

जनसंख्या वृद्धि गर्न चीनमा दम्पतीलाई लोभ्याउने अफर, तेश्रो बच्चा जन्माउनेलाई ९० हजार युआन

कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छ ।

चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी नभएपछि तीन सन्तान नीति लागू गरेको छ ।

तर यसले पनि चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि देखिएको छैन । त्यसैले तीव्र रुपमा घटिरहेको जनसंख्या वृद्धिदर र बुढो भैरहेको नजसंख्याको रफ्तार रोक्नका लागि चीन सरकारले नागरिकहरुलाई बिहे गर्न र तीनवटा बच्चा जन्माउनका लागि विभिन्न खाले अफर दिन थालेको छ ।

टाइम्स अफ इजरायलमा प्रकाशित एक ब्लगमा सिपिएफ (राजनीतिक तथा विदेश मामलिा केन्द्र) का अध्यक्ष फाबियन बोसार्टले बताएका छन् कि चीनले प्रोत्साहनका रुपमा बेबी बोनस, लामो तलबी विदा, करमा कटौती तथा बच्चाको पालन पोषण गर्नका लागि अनुदान दिने घोषणा गरेको छ ।

चिनियाँ अधिकारीहरू दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् ।

बेइजिङ डबिनंग टेक्नोलोजी ग्रुपले आफ्नो कर्मचारीहरुलाई ९० हजार युआनसम्म नगद, १२ महिनाको प्रसुति विदा र ९ दिनको सुत्केरी स्याहार बिदालगायतका विभिन्न सुविधा घोषणा गरेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read