Homeसमाचारपृथ्वीमा फेरि अर्को संकटः नासाको यस्तो चेतावनी

पृथ्वीमा फेरि अर्को संकटः नासाको यस्तो चेतावनी

लामो समयदेखि क्षुद्रग्रह अर्थात् एस्टेरोइडलाई पृथ्वीका लागि खतरा मानिन्छ ।

वैज्ञानिकहरुका अनुसार यदि उक्त क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विपत्ति आउन सक्छ । भनिन्छ, एक पटक ठूला क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएपछि मात्रै पृथ्वीबाट डायनासोरहरू नामेट भएका थिए । अब फेरि एक पटक विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा देखिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसबारे चेतावनी दिएको छ ।

नासाले फेब्रुअरी ११ तारिखमा पृथ्वीको नजिकबाट एउटा क्षुद्रग्रह जाने बताएको छ । यदि यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने ठूलो विनाश हुन सक्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसअघि नै नयाँ वर्ष २०२२ मा धेरै विशाल क्षुद्रग्रहहरू पृथ्वीको नजिकबाट जाने बताएको थियो ।
नासाका अनुसार फेब्रुअरी ११ मा पृथ्वीबाट गुज्रिएको क्षुद्रग्रह एम्पायर स्टेट बिल्डिङभन्दा धेरै ठूलो छ । यो दुई सातापछि पृथ्वीको नजिक पुग्नेछ ।

वैज्ञानिकहरूले यस विशाल क्षुद्रग्रहलाई १३८९७१ (२००१ सीबी२१) नाम दिएका छन् । यसबाहेक नासाले यसलाई सम्भावित खतरामा समावेश गरेको छ । यो ४ हजार २६५ फिट चौडा छ ।

नासाले यो क्षुद्रग्रहलाई पृथ्वी नजिकको क्षुद्रग्रहहरूको सूचीमा समावेश गरेको छ । यो पृथ्वीबाट तीन लाख माइल टाढाबाट जानेछ । यो पहिलो पटक 21 फेब्रुअरी 1900 मा देखिएको थियो । त्यसबेलादेखि, यो हरेक वर्ष सौर्यमण्डल हुँदै जाने गरेको थियो ।

यो क्षुद्रग्रह अन्तिम पटक १८ फेब्रुअरी २०२१ मा देखिएको थियो । यो सन् २०११ र २०१९ मा पनि देखिएको थियो । यो कहाँबाट जान्छ भन्ने जानकारी नासाले दिएको छैन । तर, फेब्रुअरी ११ र त्यसपछि २४ अप्रिलमा पृथ्वीको नजिकबाट जाने बताइएको छ । यसपछि यो क्षुद्रग्रह जनवरी २०२४ मा देखिने नासाले जनाएको छ । त्यसपछि जुन र डिसेम्बरमा देखा पर्नेछ ।

नासाको अनुमानअनुसार यो क्षुद्रग्रह ११ अक्टोबर २१९४ सम्म पृथ्वीको नजिकबाट गुज्रनेछ । यदि क्षुद्रग्रहको बाटोमा अलिकति मात्रै पनि परिवर्तन भयो भने त्यो पृथ्वीका लागि खतरनाक सावित हुन सक्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read