Homeअर्थअब कालिन्चोक दर्शनले पनि आईपीओ जारी गर्ने, कति कित्ता आईपीओ गर्दै छ...

अब कालिन्चोक दर्शनले पनि आईपीओ जारी गर्ने, कति कित्ता आईपीओ गर्दै छ जारी ?

कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले १२ करोड रुपैयाँबराबरको १०० अंकित दर कुल १२ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा कालिन्चोक दर्शनको काठमाण्डौको गौशालास्थित कार्यालयमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले आज हस्ताक्षर गरेका छन्।

यस भन्दा अघि चन्द्रागिरि हिल्स प्राईभेट लिमिटेडको आईपिओको पनि निकै चर्चा भएको थियो। चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्सले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read