Homeखेलकुदयी हुन् आईपीएलको अक्सनमा परेका १५ नेपाली खेलाडी

यी हुन् आईपीएलको अक्सनमा परेका १५ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ ।नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् ।

नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् ।

एसोसियट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराउदा नेपालबाट १५ खेलाडीले दर्ता गरेको हो ।नेपालपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गरेका छन् ।यस्तै भुटानबाट एक खेलाडीले नाम दर्ता गरेका छन् ।अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली खेलाडी आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशन भारी, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी सन्दीप लामिछाने रहेका छन्।

नेपाली कप्तान लामिछानेले यसअघि पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिसकेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read