Homeसमाचारफेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले बुधबार राती सूचना जारी गर्दै पेट्रोल र डिजेलर मट्टीतेलको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी गराएको हो ।

मूल्य बढेसँगै अब अब पेट्रोल, डिजेलरमट्टितेलको नयाँ खुद्रा मूल्य क्रमशः १३९ र १२२ पर्ने भएको छ ।

त्यस्तै, आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्री मूल्यमा ५ ले बढाएर प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति लिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाएको छैन । सबैभन्दा बढी घाटा ग्यासमा भए पनि हाललाई मूल्य यथावत राखेको जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read