Homeसमाचारप्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, के–के विषयमा भयो छलफल ?

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, के–के विषयमा भयो छलफल ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो ।

भेटमा दुवै नेताबीच भोलि ४ गते पाँच दलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए।

दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिबद्ध रहेका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्ड आइतबार मात्रै संक्रमण मुक्त भएका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read