HomeUncategorizedकुन होला संसारकै सबैभन्दा धेरै हेरिने युट्युब भिडियो, कति पायो भ्युज ?...

कुन होला संसारकै सबैभन्दा धेरै हेरिने युट्युब भिडियो, कति पायो भ्युज ? (भिडिओ सहित)

युट्युब एउटा यस्तो प्लाट्फ़र्म हो जहाँ दिनकै कैयौं भिडियोहरु रिलिज भैरहेका हुन्छन। २ अरब भन्दा बढी एक्टिभ युजर भएको युट्युबमा कतिपय भिडियोले दोहोरो अंकको भ्यु पनि छुन सकेको हुन्न भने कतिपय भिडियोले एक्टिभ युजर भन्दा पनि बढी भ्यु पाईरहेका छन्।

युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी भ्यूज भएको भिडियो ‘बेबी शार्क’ बन्न सफल भएको छ । पिंकफोंग बेबी शार्क नामक युट्युब च्यानलद्वारा पोस्ट गरिएको ‘बेबी शार्क’ भिडियोले १० अर्ब (दश बिलियन) भ्यू पाउन सफल भएको छ ।

१० वर्षकी कोरियन अमेरिकन गायिका होप सिगोइनले गाएको यो गीत अमेरिकामा भने सन् २०१९मा मात्र लोकप्रिय भएको थियो । यसपछि यो गीत निकलोडनदेखि टेड लास्सोमा समेत समावेश भएको थियो ।

यससँगै यो भिडियो युट्युबभरिमै सबैभन्दा बढि हेरिएको भिडियो बनेको छ । यस भन्दा पहिले लुई फोन्सीको ‘डेस्पासिटो’ भिडियो ७.७ बिलियन भ्यूसहित सबैभन्दा बढी हेरिएको भिडियो थियो ।

सन् २०१६ मा अपलोड गरिएको ‘बेबी शार्क’ भिडियो बालबालिका बिच असाध्यै मनपराइएको भिडियो हो । सन् २०१९ मा ‘बेबी शार्क’ च्यालेन्ज आएर पनि ‘बेबी शार्क’ भिडियोको रोचकता बढन पुगेको हो । ‘बेबी शार्क’ को एनएफटी कलेक्सन पनि रहेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read