Homeसमाचार‘आरआरआर’मा केमियो रोलका लागि अजय र आलियाले पाए यति ठूलो पारिश्रमिक

‘आरआरआर’मा केमियो रोलका लागि अजय र आलियाले पाए यति ठूलो पारिश्रमिक

एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’मा बलिउड स्टार अजय देवगन र आलिया भट्ट केमियो भूमिकामा मात्रै छन् । तर, उनीहरूको पारिश्रमिक भने बजार भाउअनुसार नै दिइएको छ ।

अर्थात्, अरू चलचित्रमा मुख्य भूमिकामा भएको जतिकै पारिश्रमिक उनीहरूले पाएका छन् । एक स्रोतलाई उद्धुत गर्दै बलिउड हंगामाले लेखेको छ, “आलिया भट्टले मुम्बईका निर्माताहरूसँग लिने पारिश्रमिक नै पाएकी छन् । चलचित्रमा २० मिनेट भन्दा पनि कम समय मात्रै देखिने उनी आरआरआरकी लिड अभिनेत्री हुन् । चलचित्रका लागि उनलाई ९ करोड पारिश्रमिक दिइएको छ ।”

यता, गेस्ट अपेरियन्समा आउने अजय देवगनले ७ दिन मात्रै छायांकन गरेका थिए । तर, यति कामका लागि उनले आरआरआरबाट ३५ करोड पारिश्रमिक पाएका छन् ।

खबरका अनुसार उत्तर भारतका दर्शकलाई तान्न अजय र आलियालाई चलचित्रमा स्थान दिइएको छ ।

बलिउड हंगामाबाट

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read